पति पत्नीको सम्बन्ध
बिहानै बिहानै पति पत्नी बिच खुब झगडा भयो। पत्नीले रिसले भनिन् :- म हजुरसित एक मिनेटपनि बस्न सक्दिनँ ।पतिलेपनि रिसले भने :- मलाईपनि तेरो मुख हेर्दा हेर्दा दिक्क लागिसक्यो ,जब म अफिसबाट आउँछु तब त आफ्नो सामानसाथमा लिएर गैसकेको हुनुपर्छ । पति रिसले अफिस जान्छ पत्निले आफ्नी आमालाई फोन गर्छिन् । आमा म आफ्नो छोराछोरी सहित यो घर सधैंको लागि छोडेरआउँदैछु अब म यो नर्कमा एकछिन् पनि बस्न सक्दिन । आमाले भन्छिन् :- खबरदार तिमी यहाँ आउने होइन त्यही एक असल पत्नी बनेर बस्नु पहिलै तिम्रो दिदी छोड्पत्र लिएर बसेकी छ तिमीपनि त्यही बाटो हिड्न खोजेकी त्यति तिमीले भनेजस्तो खराब पनि छैनन् ज्वाइँ तिम्रो घर त्यही हो त्यही बस खबरदार यता आउने कोसिस नगर त्यो घर तिम्रो हो आफ्नो पतिसंग मिलेर बस। यति भनेर आमाले फोन काटेपछि उनी धेरै बेर रोइन् र सोच्न थालिन् । जति जति सोच्दै जान्छिन् आफ्नो गल्तीहरू भेट्न थालिन् ।उठेर हातमुख धोएर भान्सातिर गइन् पतिलाई मनपर्ने खाना तयार गरिन् साथमा खिर पनि बनाईन र पतिको प्रतीक्षा गर्न लागिन् ऊनी आउँछन् र बिहानको झगडाक...