पति पत्नीको सम्बन्ध
बिहानै बिहानै पति पत्नी बिच खुब झगडा भयो। पत्नीले रिसले भनिन् :- म हजुरसित एक मिनेटपनि बस्न सक्दिनँ ।पतिलेपनि रिसले भने :- मलाईपनि तेरो मुख हेर्दा हेर्दा दिक्क लागिसक्यो ,जब म अफिसबाट आउँछु तब त आफ्नो सामानसाथमा लिएर गैसकेको हुनुपर्छ ।
पति रिसले अफिस जान्छ पत्निले आफ्नी आमालाई फोन गर्छिन् ।
आमा म आफ्नो छोराछोरी सहित यो घर सधैंको लागि छोडेरआउँदैछु अब म यो नर्कमा एकछिन् पनि बस्न सक्दिन । आमाले भन्छिन् :- खबरदार तिमी यहाँ आउने होइन त्यही एक असल पत्नी बनेर बस्नु पहिलै तिम्रो दिदी छोड्पत्र लिएर बसेकी छ तिमीपनि त्यही बाटो हिड्न खोजेकी त्यति तिमीले भनेजस्तो खराब पनि छैनन् ज्वाइँ तिम्रो घर त्यही हो त्यही बस खबरदार यता आउने कोसिस नगर त्यो घर तिम्रो हो आफ्नो पतिसंग मिलेर बस।
यति भनेर आमाले फोन काटेपछि उनी धेरै बेर रोइन् र सोच्न थालिन् । जति जति सोच्दै जान्छिन् आफ्नो गल्तीहरू भेट्न थालिन् ।उठेर हातमुख धोएर भान्सातिर गइन् पतिलाई मनपर्ने खाना तयार गरिन् साथमा खिर पनि बनाईन र पतिको प्रतीक्षा गर्न लागिन् ऊनी आउँछन् र बिहानको झगडाको लागि माफी माग्छु यहि सोचेर बसिरहिन् । बेलुका पति आएपछि उनको खातिरदारी गरिन् पति आश्चर्य मानेर हेर्न थाले लाग्छ बिहान केही भएकै थिएन खाना खाएपछि पतिले खिर खादै भने *प्रियतमा कहिलेकाही म पनि सार्है निष्ठुरी बन्छु तिमी यो कुरा मनमा नलिनु है? मनुष्य हुँ रिस त उठ्छ नै * पति मनमनै पत्नीलाई धन्यवाद दिन्छन् । पत्नी आमालाई मनमनै धन्यवाद दिन्छिन् । जसको कडा आदेशले उनलाई आफ्नो निर्णय बदल्न बाध्य बनायो ।अन्यथा उनको अहंकारी निर्णयले एक परिवार बर्बाद हुन्थ्यो ।यदि *आमा-बुवाले बिवाहित सन्तानको अनुचित कुरामा समर्थनगर्न बन्दगरे यो संसारमा कति सम्बन्ध टुट्नबाट बच्ने थियो *सम्बन्ध र सीसा एउटै हो । सम्बन्ध भ्रमले टुट्छ , सीसा भुलले टुट्छ ।🌹🌷🌺❣️🙏
Comments