Posts

Showing posts from August, 2025

घर-जग्गा खरिद गर्दा निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ:

१.      कागजी प्रक्रिया र स्वामित्व जाँच लालपुर्जा (धनी पुर्जा) प्रमाणित गर्ने – जग्गाको मालिक को हो भन्ने प्रमाणित गर्न मालपोत कार्यालयबाट नक्कल निकाल्ने। ऋण तथा धरौटी जाँच – बैंकमा धरौटी राखिएको छ कि छैन भनी बुझ्ने। न्यायिक विवाद जाँच – अदालतमा मुद्दा चलेको छ/छैन भनेर कानुनी अवस्था बुझ्ने। बाटो सुविधा – जग्गा नक्सामा दर्ता भएको बाटोबाट मात्र जाने सुनिश्चित गर्ने। २.      नक्सा र भौतिक अवस्थाको जाँच नक्सा पास भएको छ कि छैन – नगरपालिका वा सम्बन्धित निकायबाट प्रमाणित गर्नुपर्ने। जग्गाको प्रकृति – कृषि, आवासीय, वा व्यावसायिक प्रयोजनका लागि उपयुक्त छ कि छैन। सिमाना मिलान – जग्गा नापी कार्यालय वा इन्जिनियरसँग सिमाना मिलान गर्ने। ३.      बजार मूल्य र आर्थिक पक्ष बजार मूल्य तुलना गर्ने – सोही क्षेत्रको अन्य जग्गासँग मूल्य तुलना गर्ने। भुक्तानी विधि – अग्रिम भुक्तानी गर्दा लिखित सम्झौता गर्ने। कर तथा दस्तुर बुझ्ने – कित्ताकाट शुल्क, मालपोत दस्तुर, दर्ता शुल्क इत्यादि बुझ्ने। ४.      सरकारी नियम र कानुनी प्रक्रिया जग्गाको हदबन्दी – जग्...

चाड पर्वको समयमा उपवास स्वस्थ रहने एक उपाय ?

 उपवासको अर्थ संकेतमा दुई शब्द मिलेर बनेको छ । उप अर्थात् नजिक, वासको अर्थ निवास (बस्ने ठाउँ) अर्थात् नजिकै बस्ने । यसको दार्शनिक अर्थ हो– हामी शरीरको मागभन्दा माथि उठेर आफ्नो शरीरभित्रको दैवी शक्तिको नजिक आउन सकूँ । आयुर्वेद विज्ञानमा त “मन, आत्मा र शरीर स्वस्थ राख्न उपवासको महत्वपूर्ण भूमिका हुन्छ” भन्ने उल्लेख छ । चिकित्सकीय दृष्टिले उपचार गर्नेहरुले ३ दिन, ५ दिन, ७ दिन, १० दिन पनि उपवास गर्छन् । हिन्दु धर्मावलम्बीहरु धर्म–परम्पराको हिसाबले विभिन्न विधिबाट उपवास बस्छन् । हरेक महिनामा दुई दिन एकादशीको दिन अन्न नखाई फलफूल, फलफूलको रस, पानी र दूध मात्र खाएर उपवास गर्नेहरु पनि धेरै छन् । तिजको अवसरमा महिलाहरुले निर्जल उपवास बस्ने चलन अहिले पनि छ ।  हप्ताको कुनै एक दिन कुनै एक देवताको नाममा उपवास बस्ने चलन पनि चलिरहेको छ ।  बौद्ध धर्मावलम्बीहरुमध्ये कतिपयले दिउँसो खाएपछि एकैचोटि भोलिपल्ट मात्र खाने गर्छन् । यो पनि उपवासको एक प्रकार हो ।  कतिपय योगीहरु दिनमा एक छाक मात्र खान्छन् । कतिपयले रोटी मात्र खाएर उपवास गर्छन् ।  दक्षिण भारतमा उपवासको दिन रोटी नखाई भात खान्छ...
 नेपालको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।" बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ। सोही क्रममा एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस्! यो डकैती हो र बलात्कार होइन!" यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउँछ! बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ५ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं।" उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि!" यसलाई "अनुभव" भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ। डाँकाहरू निस्केप...