नेपालको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।" बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ।


सोही क्रममा एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस्! यो डकैती हो र बलात्कार होइन!" यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउँछ!


बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ५ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं।" उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि!" यसलाई "अनुभव" भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ।


डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो। तर सुपरभाइजरले उसलाई जवाफ दियो: "पर्खनुस्! पहिला हामी आफ्नो लागि १० करोड रुपैया निकालौं र हामीले पहिला हिनामिना गरेको ७० करोड रुपैयाको पनि हिसाब यसैमा मिलाऔं। यसलाई "छालसँगै पौडनु" भनिन्छ। परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु!


सुपरभाइजरले भन्यो: "यसरी हरेक महिना डाँकाहरू आउनु नि!"

यसलाई "दिक्दारी हटाउनु" भनिन्छ। तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ।


भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० करोड रुपैया  लुटियो। यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाल्यो। तर जति गने पनि जम्मा २० करोड रुपैया मात्र भेटियो। डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: "साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० करोड रुपैया  मात्र लुट्यौं। तर बैंक मेनेजरले चुट्कीको भरमा ८० करोड रुपैया  लुट्यो। चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!" यसलाई "ज्ञान सुनजत्तिक्कै बहुमुल्य हुन्छ" भनिन्छ!


बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयर मार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो। यसलाई "मौकामा चौका दाउ हान्नु" भनिन्छ। जोखिम मोल्न सक्ने!


अब यहाँ वास्तविक डाँकाहरू को हुन्?


सामाजिक संजालबाट साभार

Copied & Pasted


Comments

पढेलेखेका डाँकु

Popular posts from this blog

विधिशास्त्रको परिचय र महत्व (Introcution and Importances of Jurisprudence)

Cyber Threat Intelligence (CTI)