Posts

Showing posts from September, 2025

नेपालको राजनीतिक परिवर्तनको ईतिहास

 राणाविरुद्ध २००७ सालमा आन्दोलन भयाे परिणाम १०४ वर्ष लामो निरंकुश राणा शासन फालियाे र  प्रजातन्त्रको शुरुवात भयो  राजा त्रिभुवन फर्कनु भयो,र बहुदलीय व्यवस्था सुरु भयाे,  त्यस पश्चात् २०१५ मा वि.पि. काेईरालाकाे नेतृत्वमा निर्वाचित सरकार बन्याे------तर भ्रष्टाचार कुशासन अनियमितता, अनुत्तरदियि ले २०१७ मङ्सिरमा राजा महेन्द्रले प्रधानमन्त्री बी.पी. कोइरालाको निर्वाचित सरकारलाई हटाई संसद भंग गरि पञ्चायती व्यवस्था लागू गरे राजाले प्रत्येक्ष शासन गरेपछि पञ्चायती शासन ले आत्तिएका दल र केही समुहको टकरावले पञ्चायतविरुद्ध २०३६ सालमा जनमत संग्रह भयाे तरपनि पञ्चायती व्यवस्थाले निरन्तरता पायाे परिणाम केही सुधार गरेरर सुधारिएको पञ्चायतले निरन्तरता पायाे सुधारिएको पञ्चायत बाट भाव विहल भएका दल र जनताले २०४६ मा जनआन्दोलन गरे र आन्दोलनकाे सफलतापछि पञ्चायती व्यवस्था अन्त्य भयो। परिणाम बहुदलीय लोकतन्त्र स्थापना, नयाँ संविधान २०४७ जारी भयाे २०४७ काे संविधान र बहुदलिय लाेकतन्त्र मा पनि राजा सहितका  यिनै काङ्ग्रेस एमालेका अमर्यादित शासन लम्पसारवाद,सामन्तवाद, कुशासन, चरम भ्रष्टाचार र ब्य...

हिराबहादुर लाई उसको अस्थाई जागिर बाट हाकिमले बेइज्जत गरेर निकालेका थिए।

 हिराबहादुर लाई उसको अस्थाई जागिर बाट हाकिमले बेइज्जत गरेर निकालेका थिए। उसलाई यो सहित ३ पटक काम बिगारेको भनेर अफिसबाट निकालिसकेको थियोे, साँझ परिसकेको थियो हिराबहादुर स्थानीय बजारको एउटा पिपलको रुख मुनि बैन्चमा बसिरहेको थियो। उसलाई घर जानै मन लागिरहेको थिएन। बैंचमा बसेर उसले आफ्नो साथीहरुलाई बारम्बार फोन लगाउदै थियोे, उसले साथीहरूलाई कतै काम पाइन्छ भने लगाइदिनको लागि अनुरोध गर्दै थियोे। हिराबहादुरले लगा-अराको काम इमानदारीले गर्थ्यो, उसले कुनै छलकपट गर्दैन थ्यो। तर बढ्धो आधुनिकता सँगै सबै अफिसमा कम्प्युटर हुनुको कारण उसलाई काम गर्न समस्या भइरहेको थियोे, उसले कम्प्युटर क्लास पनि लेको थियोे तर अहिलेका युवाहरुले जसरी टाइपिङ गर्न सक्दैन थ्यो त्यसकारण उबाट गल्ती हुने गर्थ्यो। रातको दश बजे उ हतास र निराश हुँदै घरमा पुग्यो। घरभित्र पस्ने बित्तिकै श्रीमतीले कराउन थाली, कहाँ थियौं यति रातिसम्म? कुन नखर्मौलीसँग मस्ती गर्दै थियौ? यो उमेरमा तिमीलाई लाज लाग्दैन है? घरमा जवान छोराछोरी छन्। उनिहरुको दिनदिनै बिबाह गर्ने उमेर जाँदैछ। कहिले होस आउँछ तिमीलाई? यदि यिनिहरुको जिम्मेवारी निभाउन सक्दैन थ्...

पुरानो काठको डुङ्गा

शान्त र कुहिरो पोखरीको किनारमा एउटा सानो घर थियो। बिहानको हावा चिसो थियो, पाइनका रुखहरूको गन्धले भरिएको र पानीको हल्का आवाजले किनारमा हरियो शान्ति ल्याइरहेको थियो। घरभित्र, एक बुवा र उनका छोरा एकसाथ समय बिताउँथे, संसारको भीडबाट टाढा। बुवा, जसको नाम  नरेन्द्र थियो, जीवनभर पोखरीको किनारमा बस्दै आएका थिए। उनका बुवा पनि उनलाई पानीको संसार सिकाएका थिए—कसरी प्रवाह पढ्ने, कसरी पोखरीमा आउने नदिहरूको घुमाउरो रेखा सिक्ने र कसरी पुराना काठका डुङ्गा बनाउने। यी डुङ्गाहरूले उनका परिवारका पिढ़ीहरूको यात्रा पुरा गरेका थिए। एक सन्ध्याकालमा, जब सूर्यका किरणहरू रुखहरूको बीचबाट पर्न थाल्थे, बुवाले आफ्ना छोरा द्रिशान्तलाई बोलाए। “आउ, छोराले। अब तिमीलाई डुङ्गा बनाउनु सिकाउने समय आएको छ।” एलि, जो अहिले ६ वर्षका थिए, सधैं आफ्ना बुवासँग बनेका डुङ्गाहरूको जादूमा कैद थिए, तर कहिल्यै सहयोग गर्न दिइएको थिएन। उनका बुवा भन्थे कि यो कला समयसँगै सिक्ने कुरा हो, जुन एक पुस्ताबाट अर्को पुस्तामा सँगै जान्छ। तर आज यो फरक थियो। एलिको आँखा उत्साहले चम्किरहेको थियो जब ऊ आफ्ना बुवासँग कार्यशालामा पुग्यो। पुरानो काठको गन्ध...

विधिशास्त्रको ऐतिहासिक विकास (Historical development of Jurisprudence) र विधिशास्त्रको सम्प्रदायहरु (Schools of Jurisprudence)

  विधिशास्त्रको ऐतिहासिक विकास (Historical development of Jurisprudence) रोमन सम्राट जस्टिनियन (Justinia) को पालामा सन् ५२९ देखि ५३४ को अवधिमा विभिन्न कानूनहरुलाई एकत्रित गरी नागरिक कानून संग्रह (Corpus Juris Civils) भन्ने ग्रन्थ तयार पारियो । यो कानूनका क्षेत्रमा रोमन साम्राज्यको महत्वपूर्ण योगदान मानिन्छ । रोमन विधिशास्त्रीहरुले नै कानूनलाई निम्न तीन प्रकारमा विभाजन समेत गरेका थिएः­­‑       १ नागरिक कानून (Jus Civile),       २ सार्वभौमिक कानून (Jus Gentium) र       ३ प्राकृतिक कानून (Jus Natural)               पूर्वीय दर्शन अन्तर्गत कानूनको विकास धर्मसंग निरपेक्ष रुपले जोडिएको पाइन्छ । न्याय र कानूनकव सम्बन्ध स्थापित हुंदै जांदा कानूनी मान्यतामा व्यापक परिवर्तन ल्याए । कानूनलाई धर्मगुरु र राजाको अधीनभन्दा बाहिर ल्याउनु पर्छ भन्ने मान्यता संसारभरी नै फैलिन थाल्यो । कानुनी विज्ञानका रुपमा विधिशास्त्रको व्यापकता पनि बढ्दै गयो । ...

विधिशास्त्रको परिचय र महत्व (Introcution and Importances of Jurisprudence)

  विधिशास्त्रको के हो ?      यस विषयमा विभिन्न दार्शनिक एव कानुनविद् तथा विद्धन्हरुले आ-आफ्नो परिभाषा दिदै आएका छन् । कतिपयले यसलाई कानूनको दर्शन (Philosophy of Law)  भनेर परिभाषा गरेका छन् भने कतिपय विधिशास्त्रीहरुका विचारमा विधिशास्त्र भनेको कानूनको विज्ञान (Science of Law)  हो । अर्काथरी कानूनविद्हरुको मत अनुसार विधिशास्त्र कनूनको विशुद्ध अध्ययन (study of law) नै हो ।   विधिशास्त्रका प्राध्यापक प्याटनको - “ कानूनशास्त्र र विधिशास्त्रका विषयमा आजसम्म जे जति अध्ययन , मनन , अनुसन्धान भए जति अन्यसम्म अरु कुनै विषयमा , यस्तै गहन खोज तथा अनुसन्धान अरु शास्त्रमा नै भएको छैन ” भन्ने भनाईका आधारमा पनि विधिशास्त्रको अध्ययन क्षेत्र कति विस्तृत र व्यापक छ भन्ने कुराको अनुमान गर्न सकिन्छ । प्रसिद्ध रोमन विधिशास्त्री अल्पियन ( Ulpian ) ले आफ्नो “ डाइजेस्ट ” नाम ग्रन्थमा विधिशास्त्रीलाई उचित एवं अनुचितको विज्ञान  साल्मण्ड (Science of just and unjust) भनेका छन् ।वास्तवमा विधिशास्त्र विधि वा कानूनको ज्ञान मात्र नभएर विधिको क्रमबद्ध ज्ञान हो । ...