नेपालको राजनीतिक परिवर्तनको ईतिहास
राणाविरुद्ध २००७ सालमा आन्दोलन भयाे परिणाम १०४ वर्ष लामो निरंकुश राणा शासन फालियाे र प्रजातन्त्रको शुरुवात भयो राजा त्रिभुवन फर्कनु भयो,र बहुदलीय व्यवस्था सुरु भयाे,
त्यस पश्चात् २०१५ मा वि.पि. काेईरालाकाे नेतृत्वमा निर्वाचित सरकार बन्याे------तर भ्रष्टाचार कुशासन अनियमितता, अनुत्तरदियि ले २०१७ मङ्सिरमा राजा महेन्द्रले प्रधानमन्त्री बी.पी. कोइरालाको निर्वाचित सरकारलाई हटाई संसद भंग गरि पञ्चायती व्यवस्था लागू गरे
राजाले प्रत्येक्ष शासन गरेपछि पञ्चायती शासन ले आत्तिएका दल र केही समुहको टकरावले पञ्चायतविरुद्ध २०३६ सालमा जनमत संग्रह भयाे तरपनि पञ्चायती व्यवस्थाले निरन्तरता पायाे परिणाम केही सुधार गरेरर सुधारिएको पञ्चायतले निरन्तरता पायाे
सुधारिएको पञ्चायत बाट भाव विहल भएका दल र जनताले २०४६ मा जनआन्दोलन गरे र आन्दोलनकाे सफलतापछि पञ्चायती व्यवस्था अन्त्य भयो। परिणाम बहुदलीय लोकतन्त्र स्थापना, नयाँ संविधान २०४७ जारी भयाे
२०४७ काे संविधान र बहुदलिय लाेकतन्त्र मा पनि राजा सहितका यिनै काङ्ग्रेस एमालेका अमर्यादित शासन लम्पसारवाद,सामन्तवाद, कुशासन, चरम भ्रष्टाचार र ब्यतिथिका कारण २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्याे
२०५२–२०६२ काे द्वन्द्वमा १७,००० भन्दा बढीको मृत्यु भयो र २०६२/६३ मा जनआन्दोलन मा समाहित भई युद्व अन्त्य गर्याे परिणाम निरंकुश राजतन्त्र अन्त्य, जनताकाे सार्वभौमिक सत्ता सम्पन्न मुलुक भनियाे र अन्तरिम संविधान २०६३ जारी भयो
राजतन्त्रको अन्त्य त भयाे तर यिनै काङ्ग्रेस एमालेहरूकाे तन्त्र झनै शक्तिशाली बन्याे केही राम्र काम पनि भए र विभिन्न आराेह-अवराेह विच २०७२ मा नेपालकाे संविधान जारि भयाे तत्पश्चात यिनै काङ्ग्रेस एमाले र माओवादीहरूले उक्त संविधान कब्जा गरे न्यायलयहरूमा कार्यकर्तालाई न्यायाधीश काे रूपमा भर्ति लगाएत हरेक सरकारि संयन्त्र मा आफ्ना कार्यकर्ता घुसाई चरम कुशासन, चरम भ्रष्टाचार, चरम अनियमितता, दण्डहीनता काे व्यापक बढवा भयाे र २०८२ भाद्र २३ गते ZenZ Generation ले उक्त कुशासन चरम भ्रष्टाचार विरूद्व आन्दोलन शुरू गर्याे उक्त आन्दोलनमा राज्यले व्यापक दमन गर्याे हालसम्म ७५ जनकाे मृत्युु भयाे खर्वाैं भाैतिक संरचना खरानी भए २८ घण्टा काे आन्दोलन ले गणतान्त्रिक निरंकुश ओलि सरकार ढल्याे र संसद भंग भई अन्तरिम सरकार गठन भयाे । जसमा पूर्व न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री हुनुभएको छ । आशा छ हेराै थुप्रै ब्यवस्था परिवर्तन पछि अब भने जनताका केही अबस्थामा केही परिवर्तन आउछकि??!!!!!
Comments