विधिशास्त्रको परिचय र महत्व (Introcution and Importances of Jurisprudence)
विधिशास्त्रको के हो?
यस विषयमा विभिन्न दार्शनिक एव कानुनविद् तथा विद्धन्हरुले आ-आफ्नो परिभाषा दिदै आएका छन् । कतिपयले यसलाई कानूनको दर्शन (Philosophy of Law) भनेर परिभाषा गरेका छन् भने कतिपय विधिशास्त्रीहरुका विचारमा विधिशास्त्र भनेको कानूनको विज्ञान (Science of Law) हो । अर्काथरी कानूनविद्हरुको मत अनुसार विधिशास्त्र कनूनको विशुद्ध अध्ययन (study of law) नै हो ।
विधिशास्त्रका
प्राध्यापक प्याटनको- “कानूनशास्त्र र विधिशास्त्रका विषयमा आजसम्म जे जति अध्ययन, मनन, अनुसन्धान भए जति
अन्यसम्म अरु कुनै विषयमा, यस्तै गहन खोज तथा अनुसन्धान अरु शास्त्रमा नै भएको छैन” भन्ने भनाईका आधारमा
पनि विधिशास्त्रको अध्ययन क्षेत्र कति विस्तृत र व्यापक छ भन्ने कुराको अनुमान
गर्न सकिन्छ ।
प्रसिद्ध रोमन विधिशास्त्री अल्पियन (Ulpian) ले आफ्नो “डाइजेस्ट” नाम ग्रन्थमा विधिशास्त्रीलाई उचित एवं अनुचितको विज्ञान साल्मण्ड (Science of just and unjust) भनेका छन् ।वास्तवमा विधिशास्त्र विधि वा कानूनको ज्ञान मात्र नभएर विधिको क्रमबद्ध ज्ञान हो ।
प्रसिद्ध विधिशास्त्री साल्लमण्ड (Salmond) विधिशास्त्रलाई विधिको विज्ञान (Science of Law) भन्दछन् ।यहां विज्ञानको अर्थ कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई बुझ्नु पर्दछ ।
मोयले (Moyle) भन्छन “कुनै पनि विज्ञानको सामान्ययः अन्तिम लक्ष्य जे हुन्छ, विधिशास्त्रको अन्तिम लक्ष्य पनि त्यही हो ।”
विधिशास्त्रको परिभाषा (Definition of Jurisprudence)
अङ्ग्रेजीमा वधिशास्त्रलाई Jurisprudence भनिन्छ । Jurisprudence शब्द लेटिन भाषाको JurisPrudentia शब्दबाट उत्पति भएको हो
।
लेटिनमा ज्युरिस (Juris) र प्रुडेन्सिया (Prudentia) दुई शब्दहरु मिलेर ज्युरिसप्रुडिन्स (Jurisprudence) बन्दछ ।
लेटिनमा ज्युरिसको अर्थ र प्रुडेन्सियाको अर्थ ज्ञान हुन्छ । यसरी शाब्दिक अर्थमा ज्यूरिसप्रुडेन्स भनेको विधि वा कानूनको ज्ञान हो ।
विधिशास्त्रलाई विभिन्न विद्धानहरुले विभिन्न किसिमको परिभाषा गरेको पाइन्छः
अल्पियन (Ulpian) का
अनुसार : “Jurisprudence is the knowledge of things,
divine and human, the science of right and wrong.”
जोन चिपम्यान ग्रे (Jojn Chipman Gray) का अनुसार : “Jurisprudence is the science of law, the statement and systematic arrangement of rules followed by the courts and the principle involved in those rules.”
सिसेरो (Cicero) का अनुसार : “Jurisprudence is the philosophical aspect of the knowledge of law.”
जोन अस्टिन (John Austin) का अनुसार : “Jurisprudence is the philosophy of positive law.”
साल्लमण्ड (Salmond) का अनुसार : “jurisprudence is the science of Civil Law”
विधिशास्त्रको प्रकृति (Nature of Jurisprudence)
v सैद्धान्तिक (Theoretical) प्रकृतिको
v परिवर्तनशील एव विकासशील
v कार्यान्वयन नहुने अव्यावहारिक विषय (Subject without application and practical Vale)
v संहिताकृत (Codified) हुंदैन
v विधिशास्त्र सामाजिक विज्ञान (Social Science)
v विधिशास्त्र स्वतन्त्र र सीमारहित विषय हो
विधिशास्त्रको क्षेत्र (Scope of Jurisprudence)
v विश्लेषणात्मक विधिशास्त्र (Analytical Jurisprudence)
v समाजशास्त्रीय
v विधिशास्त्रले कनून सम्बन्धी समस्याहरु पहिल्याउने
v विधिशास्त्र मानवीय कानून र कानूनसंग सम्बन्धित
v Living Law Concept & Social Engineering
v Jurisprudence of Interests by Ihering
विधिशास्त्रको
महत्व (Importance of the study of Jurisprudence)
- आधुनिक लोक कल्याणकारी राज्य स्थापनामा विधिशास्त्रको महत्व
- विधिशास्त्रको सामाजिक महत्व
- न्यायिक दृष्टिकोणले विधिशास्को महत्व
- कानूनका विद्यार्थीका
लागी महत्व (Importance of the Law Studence)
- कानून व्यवसायीहरुका
लागी महत्व (Importance of the Practitioner’s of Law)
- विधायकका लागी महत्व (Importance of the
Legislatures)
- राजनीतिज्ञहरुका लागी
महत्व (Importance
to the Politicians)
- सर्वसाधारणका लागी
महत्व (Importance
to the General Public)
विधिशास्त्र
कानूनशास्त्रका प्रकार
जेरेमी
बेन्थम
- व्याख्यात्मक विधिशास्त्र (Expository
Jurisprudence)
- पारखीय वा निर्णयात्मक
विधिशास्त्र (Censorial Jurisprudence)
जोन
अस्टिन
- सामन्य विधिशास्त्र (General
Jurisprudence)
- विशिष्ट वा व्यावहारिक
विधिशास्त्र (Particular Jurisprudence)
साल्लमण्ड
- विश्लेषणात्मक विधिशास्त्र (Analytical
Jurisprudence)
- ऐतिहासिक विधिशास्त्र ( Historical Jurisprudence)
- नैतिक विधिशास्त्र (Moral Jurisprudence)
विधिशास्त्रको
अन्य सामाजिक विज्ञानहरुसितको सम्बन्ध
(Relation
of Jurisprudence with other Social Science)
- विधिशास्त्र र नीतिशास्त्र
(
Jurisprudence and Sociology)
- विधिशास्त्र र नीतीशास्त्र
(Jurisprudence
and Ethics or Theology)
- विधिशास्त्र र मनोविज्ञान
(Jurisprudence
and Psychology)
- विधिशास्त्र र
अर्थशास्त्र (Jurisprudence and Economics)
- विधिशास्त्र र
राजनीतिशास्त्र (Jurisprudence and Politics )
Comments