विधिशास्त्रको ऐतिहासिक विकास (Historical development of Jurisprudence) र विधिशास्त्रको सम्प्रदायहरु (Schools of Jurisprudence)

 

विधिशास्त्रको ऐतिहासिक विकास (Historical development of Jurisprudence)

रोमन सम्राट जस्टिनियन (Justinia) को पालामा सन् ५२९ देखि ५३४ को अवधिमा विभिन्न कानूनहरुलाई एकत्रित गरी नागरिक कानून संग्रह (Corpus Juris Civils) भन्ने ग्रन्थ तयार पारियो । यो कानूनका क्षेत्रमा रोमन साम्राज्यको महत्वपूर्ण योगदान मानिन्छ । रोमन विधिशास्त्रीहरुले नै कानूनलाई निम्न तीन प्रकारमा विभाजन समेत गरेका थिएः­­‑

      १ नागरिक कानून (Jus Civile),

      २ सार्वभौमिक कानून (Jus Gentium)

      ३ प्राकृतिक कानून (Jus Natural)

             

पूर्वीय दर्शन अन्तर्गत कानूनको विकास धर्मसंग निरपेक्ष रुपले जोडिएको पाइन्छ । न्याय र कानूनकव सम्बन्ध स्थापित हुंदै जांदा कानूनी मान्यतामा व्यापक परिवर्तन ल्याए । कानूनलाई धर्मगुरु र राजाको अधीनभन्दा बाहिर ल्याउनु पर्छ भन्ने मान्यता संसारभरी नै फैलिन थाल्यो । कानुनी विज्ञानका रुपमा विधिशास्त्रको व्यापकता पनि बढ्दै गयो ।

      आधुनिक युगको प्रवेशसंगै संसारभरि अनेक किसिमका सामाजिक परिवर्तनहरु हुन थाले । सन् १२१५ मा बेलायतमा म्याग्नाकार्टामा हस्ताक्षर भयो । यससंगै बेलायतमा प्रजातान्त्रिक अभ्यासको थालनी भयो । विश्वमा भएका ठुला ठुला राजनीतिक परिवर्तनहरुसंगै विधिशास्त्रको पनि उल्लेख्य विकास हुन पुग्यो । नयां नयां कानूनी सिद्धान्तहरु प्रतिपादित हुनुका साथै कानूनको निर्माण जनप्रतिनिधिहरुबाट हुन थाल्यो । यसरी विधिशास्त्रको विकास क्रम सनातन हिन्दू विधिशास्त्रदेखि ग्रीकऽ रोमन र अङ्ग्रेजी कानून प्रणालीको विशेषता भनेको नजिरको सिद्धान्त हो ।

     

विधिशास्त्रको सम्प्रदायहरु (Schools of Jurisprudence)

विधिशास्त्रको प्रमुख शाखाहरु (Main Branches Jurisprudence)

१ प्राकृतिक कानूनी सम्प्रदाष/शाखा (Natural School of Law)

२ ऐतिहासिक सम्प्रदाय/शाखा (Historical School of Law)

३ विश्लेषणात्मक सम्प्रदाय/शाखा (Analytical or Imperative School of Law)

४ समाजशास्त्रीय सम्प्रदाय (Sociological School of Law)

५ समाजवादी सम्प्रदाय (Socialist School of Law)

६ यथार्थवादी सम्प्रदाय (Realist School of Law)

 

प्राकृतिक कानूनका आधारभूत मान्यताहरु (Basic Postulates of Natural Law)

१ न्याय, विवेक, मानवीय आचरण तथा स्वभावसंग निश्चित कानूनको घनिष्ट सम्बन्ध रहन्छ ।

२ मानवीय आचरणका नियमहरु ईश्वरीय शक्तिबाट प्रतिपादित भएका हुन्छन् र सम्पूर्ण मानवीय व्यवहारहरु तिनै शक्तिबाट निर्देशित रहेका हुन्छन् ।

३ समानता प्रकृतिको नियम हो । अतः निश्चियात्मक कानूनले आफ्नो वैधता कायम राख्न समानताको लक्ष्यप्रति केन्द्रित रही आदर्श कानून बनाउनु पर्दछ ।

४ प्राकृतिक कानून राज्यका शासकद्धारा निर्मित कानून नभएकाले गर्दा यो स्वेच्छाचारी हुंदैन ।

५ प्राकृतिक कानून विवेकको रुपमा रहन्छ । यस अर्थमा यो बौद्धिक कानून हो ।

६ कानूनको अध्ययन अनुमानको पद्धतिमा आधारित रहन्छ ।

 

      प्राकृतिक कानुनी सम्प्रदायको क्रमिक र संक्षिप्त अध्ययन गर्नका लागि निम्न लिखित कालक्रमलाई आधार मान्न सिकन्छः

प्रकृतिवादी सम्प्रदाय (Natural School of Law)

 

v  यो कानून विश्वव्यापी प्रकृतिको हुन्छ ।

v  प्राकृतिक सम्प्रदाय अनुसार कानून स्थिर रहन्छ ।

v  प्राकृतिक सम्प्रदायको धारणा अनुसार प्रकृति र प्राकृतिक कानून नै सर्वोपरी हुन्छ ।

v  प्रकृतिवादी सम्प्रदाय अनुसार कानूनको उत्पत्ति र विकास प्राकृतिक कानूनको नियम अनुसार हुन्छ ।

v  यस सम्प्रदाय अनुसार प्राकृतिक कानूनसंग मेल नखाने किसिमका प्रत्यक्ष कानूनको पालना गर्न कोही पनि नैतिक रुपमा बाध्य हुंदैन ।

v  यस सम्प्रदायले प्रकृतिलाई कानूनको सर्वोच्च स्रोतका रुपमा मान्यता दिन्छ र कानून भनेको त्यही सर्वोच्च स्रोतबाट निःसृत भएका नियमहरु हुन् भन्ने मान्यता राख्दछ ।

v  यस सम्प्रदायका अनुसार कानून ईश्वरीय शक्ति र प्रकृतिको नियमानुसार निर्माण हुन्छ ।

v  यस सम्प्रदायको मत अनुसारः कानूनको आवश्यक तत्वका रुपमा न्याय, नैतिकता र सदाचार रहेका हुन्छन् ।

v  कानून अन्तर्गत प्राकृतिक न्याय, नैतिकता र मानवीय व्यवहारका निमयहरु पर्दछन् ।

 

 

ऐतिहारिक सम्प्रदाय (Historical School of Law)

v  यस सम्प्रदायले ऐतिहासिक रुपमा स्वतः उत्पत्ति भएका कानूनलाई सार्वभौम सत्ताले औपचारिकता प्रदान गरेको तथ्य स्वीकार गर्दछ ।

v  यस सम्प्रदायका अनुसार एक समाजमा उत्पन्न भएको कानून अर्को समाजमा लागू हुंदैन ।

v  यस सम्प्रदायको मत अनुसार, कानूनको उत्पत्ति र विकास प्रथाको आधारमा हुन्छ ।

v  यस सम्प्रदायको विचारमा कानून राज्यभन्दा पनि पहिलेदेखि अस्तित्वमा रहेको हुरा हो ।

v  यस शाखाको धारण अनुसार कानून कसैले बनाउने नभई स्वयम् प्राप्त हुने कुरा हो ।

v  यो कानून विश्वव्यापी प्रकृतिको हुंदैन ।

v  ऐतिहासिक सम्प्रदाय अनुसार कानून समय सापेक्ष परिवर्तनशील हुन्छ ।

v  ऐतिहासिक सम्प्रदाय अनुसार कानूनको उत्पत्ति र विकास ऐतिहासिक आवश्यकता अनुसार ऐतिहासिक रुपमा हुन्छ ।

v  ऐतिहासिक सम्प्रदायले प्रथा (Customs) लाई महत्त्व दिएको पाइन्छ)

v  कानून समाजको आन्तरिक आवश्यकता र जनभावना अनुसार उत्पन्न हुने विश्वास यस सम्प्रदायको रहेको छ ।

v  कानूनशास्त्र अन्तर्गतको यस सम्प्रदायले तत्कालीन कानूनको ऐतिहासिक पृष्ठभूमिको अध्ययनमाथि जोड दिन्छ ।

 

विश्लेषणात्मक सम्प्रदायका विधिशास्त्रीहरु

अ)   जर्मी बेन्थम (Jeremy Bentham : 1748 – 1832)

आ)  जोन अस्टिन

इ)    सालमण्ड

ई)    हल्याणुड (सन् १८३५ ­­­­ १९२६)

 

विश्लेषणात्मक सम्प्रदाय (Analytical School of Law)

v  यस शाखाको धारणा अनुसार कानून भनेको राज्यको देन हो ।

v  यस सम्प्रदायले कानूनलाई सार्वभौमको आदेश (Command of Sovereign) मान्दछ ।

v  यस सम्प्रदायको धारणा अनुसार कानूनको आवश्यक तत्त्वका रुपमा सार्वभौमसत्ता, आदेश र सजाय रहेको हुन्छन् ।

v  विश्लेषणात्मक सम्प्रदायले राज्यद्धारा निर्मित प्रत्यक्ष कानूनलाई मात्र मान्यता दिन्छ ।

v  विश्लेषणात्मक सम्प्रदाय अनुसार राज्य निर्मित प्रत्यक्ष कानूनको परिपालना गर्न सवै बाध्य हुन्छन् ।

v  यस सम्प्रदायका विचारमा जहां सम्प्रभु हुंदैन, त्यहां कानून पनि हुंदैन ।

v  यस सम्प्रदायको धारण अनुसार नैतिकताको नियम कुनै कानून नै होईन ।

v  कानून राज्यद्धारा जनतामाथि लादिएको हुन्छ भन्ने यस सम्प्रदायको विश्वास रहेको देखिन्छ ।

v  कानूनको विश्लेषणात्मक शाखा अनुसारः मानव निर्मित प्रत्यक्ष कानून (Positive Law) नै वास्तवमा कानून हो ।

v  कानूनको अन्तर्गतको यस सम्प्रदायले तत्काल विद्यमान रहेका कानूनको अध्ययनमाथि जोड दिन्छ ।

 

समाजशास्त्रीय सम्प्रदाय (Sociological School of law)

१ यसले कानून र कानुनी संस्थाको उत्पत्तिको सामाजिक आधारको अध्ययन गर्दछ ।

२ कानूनले समाजमाथि पार्ने प्रभावको अध्ययन गर्दछ ।

३ समाजमा कानूनले खेल्ने भूमिकाको अध्ययन गर्दछ ।

४ कानूनलाई मान्यता दिनु पर्ने औचित्यका विषयमा सामाजिक पक्षबाट अध्ययन गर्दछ ।

 

समाजशास्त्रीय सम्प्रदायका विधिशास्त्रीहरु

v  August Comte

v  Eugen Ehrlich

v  Rudolf Von Ihring

v  Leon Duguit

v  Dean Rosco Pound

 

समाजवादी शाखा (Socialist School of Law)

v  समाजवादी सम्प्रदाय मार्क्सवादी विचारधारामा आधारित छ ।

v  द्धन्द्धात्मक भौतिकवाद र विकासवादी धारण यस सम्प्रदायका मूल तत्त्वका रुपमा रहेका छन् ।

v  यस सम्प्रदायले समाजवादी कानूनलाई कानूनरहित साम्यवादी समाज (Communist society) को स्थापनाको एक उपकरणका रुपमा मात्र हेर्दछ ।

v  समाजवादी सम्प्रदायले कानूनलाई आर्थिक अवस्थाको प्रतिबिम्बको रुपमा स्विकार गरेको छ ।

 

यथार्थवादी सम्प्रदाय (Realist School of Law)

v  समाजशास्त्रीय सम्प्रदायका विचारकहरुको कानूनमा समाजको प्रभाव भन्ने धारणाको प्रतिरोधमा यो सम्प्रदायको जन्म भएको हो।

v  Ihring को Theory of Interest Roscoe Pound को Social Engineering को अवधारणा प्रति विरोध जनाउन यो सम्प्रदायको जन्म भएको हो ।

v  अदालत र न्यायाधीसको स्थानलाई स्पष्ट गर्नका लागी यो सम्प्रदायको उत्पत्ति भएको हो ।

 

यथार्थवादी सम्प्रदायको कानून सम्बन्धी अवधारणा

v  कानून भनेको न्यायाधीशको निर्णय हो । ( Law is the decision of judge.)

v  मानव निर्मित कानून र अन्य कानूनहरुले तव मात्र मान्यता पाउंछन् जब न्यायाधीशहरुले ती मूल शब्द र मान्यताहरुमा प्राण भर्दछन् ।(The man-made and other laws get validity only when judge puts life-blood over the dead words and so-called norms.)

Comments

Popular posts from this blog

विधिशास्त्रको परिचय र महत्व (Introcution and Importances of Jurisprudence)

Cyber Threat Intelligence (CTI)